सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा केसी अस्पताल भर्ना

। फोटो स्रोत ।
२०७५ पुष ३०, १२:२३

चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ। १६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो।
डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए। अस्पताल भर्ना गरिएपनि डा केसीले औषधि भने लिन मान्नु भएको छैन।
वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताए। डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसन बसेका हुन्। रासस
 

कमेन्ट लोड गर्नुस