सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तामा हुँदा एक कुरा, नहुँदा अर्को कुरा गर्नु हुदैनः मन्त्री कुँवर

२०७९ साउन ८, ०३:५९ खबर संवाददाता

धनगढीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सत्तामा हुँदा र नहुँदा फरक फरक कुरा गर्न नहुने बताएका छन्। आइतबार धनगढीस्थित विमानस्थलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘तत्कालीन नेकपाको सरकारमा हुँदा नागरिकता विधेयक रोक्ने कि पास गर्ने भन्ने विषय टुंगो लागेको थिएन। तर, सत्तामा हुँदा एकथरि कुरा गर्दै विधेयक अल्झाएर राखियो। अहिले आएर विधेयकका बारेमा चासो समेत दिइएन।’ एमालेप्रति लक्षित गर्दै उनले सत्तामा हुँदा एक कुरा र बाहिर हुँदा अर्को कुरा गर्न नहुने बताएका थिए। 

यस्तै नेपालमै युवाहरुलाई स्वरोजगार बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो। 
 

कमेन्ट लोड गर्नुस