प्रहरीले संसदीय विशेष समितिलाई बुझायो सीसीटीभीको रिर्पोट
काठमाडौंः आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको प्रकरणमा निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट बुझेको छ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालाले सोमबार संसदीय विशेष समितिलाई सीसीटीभी फुटेजको रिकभरी रिपोर्ट बुझाएको हो। समितिका एक सदस्यका अनुसार प्रहरीले जेठ १५ गते सम्मको सीसीटीभीको फुटेजका बारेमा आफ्नो रिर्पोट पठाएको र उक्त रिर्पाेट मंगलबार मात्रै खोलिने छ।
बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेरको आरोप लागेपछि लागेपछि सभामुख अग्नी सापकोटाले ११ सदस्यीय संसदीय समिति गठन गरेका थिए।