जापान जाँदै प्रचण्ड
२०७९ साउन ११, ०६:१५
काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन्। नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड पाँच दिने भ्रमणमा जापान जाने भएका हुन्।
अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको बताइएको छ। यसअघि उनले असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण पनि गरेका थिए।
कमेन्ट लोड गर्नुस