रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको उद्घोष
धनगढी: कञ्चनपुरका पत्रकार खेम भण्डारीले रवि लामिछानेविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन्।
बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले लेखेका छन्, 'एक नाबालिग छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने ! त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ। निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन्।' उनले रवि जुन निर्वाचन क्षेत्रबाट लड्छन् आफू त्यहीँ उम्मेदवारी दिने बताएका छन्।