सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड भन्छन्ः तत्काल समाजवादी केन्द्र बन्दैन

२०७९ साउन १३, १०:४२ खबर संवाददाता

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्।

प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैछ भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरे। उनले समाजवादी केन्द्र तत्कालै बनाइहाल्न आफूहरुले छलफल नगरेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले केही नेताले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए। उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र बनाउने विषयमा छलफल चलेको बताए।

कमेन्ट लोड गर्नुस