म कलम हुँ
म कलम हु र
तपाइको मलम पनि हु
ता कि मलम भएर परिचय दिन्छु
सबै फाइदा तपाइलाइ मात्र हुन सकोस्
बनावटी हिसाबले म
मुख,ढाड र टाउकोमा विभक्त छु
मेरो मुखको आकार प्राय जसो
चुच्चो भएको नै भेट्टाउन सक्नुहुन्छ
तपाइले मलाइ निर्जिव हो भनेर आफुलाइ
सजिवको घमण्ड गरेको देखेको छु
तर
खबरदार!
म हमेशा सजीवै हु भनेर
विज्ञान सामु ठोकुवा अथवा
दाबी गर्न चाहान्छु
तपाईं दाल,भात र सेलरोटी
खानुहुन्छ भने म रातो,हरियो
यावत रङका मसी खाएर टम्म हुन्छु
कसरी म निर्जीव , झुक्किनु भयो तपाइ
मसि मेरो लागि सबथोक हो
अनि मात्र म मेरो दैनिकी काम गर्न सक्छु
के तपाईं नखाइ काम गर्न सक्नुहुन्छ?
मेरो मुख बाक्लो छ भने
तपाइको पानामा फराकिलो धर्षा कोर्छु
र पातलो मुख भए साघुरो धर्षा कोर्छु
यो त ध्रुवसत्य कुरा हो
मलाइ दुई ढाड भएको भनेर
जिस्क्याउने काम नगर्नु मेरा
अग्रज तथा शुभ चिन्तक ज्यू!
तपाइको एउटा मात्र छ तर मेरो
दुई ओटा छ के भो र! मेरो
बाह्य ढाडमा मसीको पाचन
नहुनाले खोक्रो छ
भित्री ढाडमा मात्र हो पाचनको
केन्द्रीय कार्यालय त हजुर!
जसरी तपाईं आफूलाइ
खतरनाक भन्नुहुन्छ नी
त्यसरी नै म पनि आफूलाइ
झन खतरनाक भन्छु
यदि मेरो टाउकोमा ढाकाटोपी
लगाइदिनु भएन भने तपाइको
कापी,किताब र नास्ता बोक्ने झोलामा
उल्टी गरेर शौचालय पनि बनाइदिन सक्छु
मलाइ पछि दोष नदिनु होला
धेरै बेर मलाइ हलचल गराउनु
भयो भने तपाइको आखाको ज्योती
गुमाइदिन पनि सक्छु सतर्क रहन आह्वान गर्दछु!
दुनियालाइ हल्लाउने पनि म कलम हु
मेरो महत्व बुझ्नेहरु पाइलट,डाक्टर
र इन्जिनियर बनिसके अझै बन्दैछन्
शिक्षक र लेखकको सारथि बन्दैछु म
सर्वसाधारण देखि लिएर मन्त्री सम्मको
अशल मित्र पनि हुदैछु
के कम छुर म?
बडो गजबको कुरा त
के भनेनी म नभए
प्रधानमन्त्री र राष्ट्रपतीको
कोट र पाइन्ट पनि नसुहाउने रे !
यति धेरै महत्व भएको “म कलम हु“ ।