डेउडा प्रतिष्ठानद्वारा ४ जना पुरस्कृत
धनगढी: डेउडा प्रतिष्ठानले ४ जना गायक तथा स्रष्टालाई पुरस्कृत गरेको छ। धनगढीमा आयोजना भएको गौरा महोत्सवका अवसरमा ४ जनालाई पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले बताए।
उनका अनुसार गायिका डिक्रा देवी गन्धर्वलाई हरिश्चन्द्र कडायत साधना पुरस्कारबाट पुरस्कृत गरिएको छ। यस्तै कवि एवं गितकार निर्मल कुमार भण्डारीलाई महाशंकर देवकोटा बाङमय पुरस्कार, गायक भुवन प्रसाद दाहाललाई परिमल स्नेही समता पुरस्कार र डेउडिया गगन साउँदलाई चल्ल्या साई डेउडा श्रुति पुरस्कार बाट पुरस्कृत गरिएको छ।
उनीहरु सबैलाई नगद ३ हजार १ सय ११ सहित दोशल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको रावतले बताए।