सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाह पुनरावेदनमा जाने

२०७९ भदौ २१, ०८:४१ खबर संवाददाता

काठमाडौँ: अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन्। काठमाडौं जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि असन्तुष्टि जनाउँदै उनी पुनरावेदनमा जाने भएका हुन्।

उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको छ। जिल्ला अदालतले आज पलले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजाय, १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरीवानाको फैसला सुनाएको छ।

उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए। पीडित भनिएकी नाबालिगले आफूमाथि यौन हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस