‘एम. अधिकारी खोजे हुन्छ, म टर्चको ब्याट्री किनिदिन्छु’
काठमाडौँः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीदेखि गभर्नरसम्म राजनीतिक दलमा आबद्ध व्यक्ति राख्ने गरिएको स्वीकार गरेका छन्।
उनले एमाले अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारी को हो भन्ने खोज्नका लागि चुनौती पनि दिएका छन्।
’खोजे हुन्छ; एम. अधिकारी कहाँ छ? म टर्चको ब्याट्री किनिदिन्छु। एम. अधिकारी को हो म पनि जान्दिनँ,’ उनले आफ्नै अर्थ तथा योजना विभागको सदस्य नचिन्ने पनि बताए। एमाले केन्द्रीय विभागमा एम. अधिकारी सदस्य भएको सार्वजनिक भएको थियो।