‘ब्रह्मास्त्र’ले दुई दिनमै विश्वभरबाट कमायो १६० करोड भारु
२०७९ भदौ २७, १०:५९
काठमाडौंः रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ले भारत र विश्वभर उछाल ओपनिङ गरेको छ।
फिल्मले भारतमा दुई दिनमै ९३ करोड भारु कमाएको छ भने सोही अवधिमा विश्वभर १६० करोड कलेक्सन गरेको छ। शुक्रबार भारतमा ३७ करोड ओपनिङ गरेको फिल्मले शनिबार ४२ करोड कमाएको थियो। नेपालमा मात्रै उक्त फिल्मले नेपालमा मात्रै २ करोडको व्यापार गरेको छ।
कमेन्ट लोड गर्नुस