सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी प्रशासनलाई ओलीले भनेः मलाई कालो झण्डा देखाउनेहरुलाई रिहा गर्नुस्

२०७९ भदौ २७, ०५:११ खबर संवाददाता

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्। सोमबार जनकपुर पुगेका ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जनकपुरमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले कसैले गलत सूचना दिएका भरमा उनीहरु कालो झण्डा देखाउन आएको भन्दै रिहा गर्न आग्रह गरे। उनले भने, ‘म प्रहरी प्रशासनलाई भन्न चाहन्छु, उनीहरुलाई तत्काल रिहा गर्नुस्।’

कमेन्ट लोड गर्नुस