सुदूर नेपाललाई विश्वसँग जोड्दै

समीक्षा भन्छिन् - मैले क्षतिपूर्तिबापत रकम माग गरेकी छैन र लिने मनसाय पनि छैन

२०७९ भदौ २८, १०:३६ खबर संवाददाता

काठमाडौं: गायिका समीक्षा अधिकारीले आफूले कुनैपनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छिन्। जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको मुद्दामा पल शाहलाई साढे २ वर्षको कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको केही दिनपछि गायिकाले यस्तो भनेकी हुन्।

उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुःख पोख्दै आफूले कुनै क्षतिपूर्ति नमागेको र त्यो रकम आफूले लिने मनसाय पनि नरहेको स्पष्ट पारेकी छन्।

कमेन्ट लोड गर्नुस