सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलाकारलाई एसपीएको सम्मान 

२०७९ भदौ ३१, ०२:१६ खबर संवाददाता

धनगढी: नेपाली चलचित्र क्षेत्रका कलाकारहरु नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले सम्मान गरेको छ। 

बिहीबार एसपीए कलेजको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई दोसल्लासहित सम्मानपत्रमार्फत सम्मान गरिएको हो। एसपीएको बीबीएस कार्यक्रम निर्देशक रघुनाथ जोशी तथा प्लस टू तथा एमएड कार्यक्रम निर्देशक रमेश जोशीले उनीहरुलाई दोसल्ला र सम्मापत्रसहित सम्मान गरेका थिए। 

कलाकारिता क्षेत्रबाट देशका कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलाकारद्वय खड्का र गुरुङ तथा निर्माता सेनलाई सम्मान गरिएको हो। 

कमेन्ट लोड गर्नुस