सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चार मन्त्रालयले दियो ‘प्रेमगीत ३’ को हिन्दी डबलाई नेपाली फिल्मको मान्यता

२०७९ असोज ६, ०२:२१ खबर संवाददाता

काठमाडौंः ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको मान्यता दिएको छ। मन्त्रालयकोे निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ। अब १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने छैन।

सञ्चार मन्त्रालयले  ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताएको छ। 

बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो।

बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए। यो निवेदन लगत्तै मन्त्रालयले बोर्ड अध्यक्ष केसीलाई छलफलमा बोलाएको हो। मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ। भोलि प्रेमगीत ३’ को हिन्दी संकरण पनि प्रदर्शन हुने पक्का भएको छ। 

कमेन्ट लोड गर्नुस