‘प्रेमगीत ३’ आजदेखि प्रदर्शनमा आउने
काठमाडौंः ‘प्रेमगीत ३’को नेपाली संस्करण नेपालमा आजदेखि रिलिज हुने भएको छ। निर्माण कम्पनी आशुसेन फिल्म्सले फिल्मलाई देशव्यापीरुपमा आज प्रदर्शनमा ल्याउने जनाएको हो।
‘हिन्दी भर्सन विविध प्राविधिक कारणले एक(दुई दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना बनाइयो,’ निर्माता सन्तोष सेनले फेसबुकमा लेखेका छन्, ‘अहिलेको लागि हामी क्षमाप्रार्थी छौं।’
चलचित्र विकास बोर्ड स्रोतले भने निर्माण कम्पनीबाट प्राप्त हुने सेन्सर र कर चुक्ताको कागजपत्र नपुगेकाले सेन्सरमा ढिलाइ भएको बताइएको छ।