कैलाली-४ मा गठबन्धनका उम्मेदवारद्वार मनोनयन दर्ता
२०७९ असोज २३, ०५:४४
धनगढी: कैलाली-४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। आइतबार प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका वीरबहादुर बलायरले मनोनयन दर्ता गरेका हुन्।
त्यस्तै गठबन्धनको तर्फबाट प्रदेश ‘क’ मा एकीकृत समाजवादीका दीर्घ सोडारी र प्रदेश ‘ख’ मा काँग्रेसका प्रकाश बमले पनि मनोनयन दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट डोटी समाजवादीको भागमा परेपछि बलायरलाई कैलाली ४ मा टिकट दिएको थियो। उनको कैलाली–४ मा पहिलो चुनावी लडाई हो।
कमेन्ट लोड गर्नुस