कैलाली-१ बाट रेशमपत्नी रञ्जिताले गराइन् मनोनयन दर्ता
२०७९ असोज २३, ०६:०४
धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष, रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीले मनोनयन दर्ता गराएकी छिन्। प्रतिनिधि सभा सदस्यका लागि उनले मनोनयन दर्ता गराएकी हुन्।
त्यस्तै कैलाली-१ (क) बाट कैलाश चौधरी र (ख) बाट लक्ष्मणकिशोर चौधरीले पनि उमेदवारी दर्ता गराएका छन्।
कमेन्ट लोड गर्नुस