रेशम चौधरीले दिए जेलबाटै उम्मेदवारी
धनगढी: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। उनले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
उनको उम्मेदवारी दर्ता उनका प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत गरिएको हो। चौधरी २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका थिए। उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्।