कञ्चनपुर–१ मा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता
२०७९ असोज २३, ०७:५७
धनगढी: कञ्चनपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। बेलौरी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी नेतृ एवं पूर्वमन्त्री विना मगरले उम्मेदवारी दर्ता गराएकी छिन्। प्रदेश सभा (क) मा बन्धु राना र (ख) मा दिवानसिंह विष्टले उम्मेदवारी दर्ता गराएका छन्।
कमेन्ट लोड गर्नुस