सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेर भनेको छैन : भीम रावल

उचित समयमा बोल्ने

२०७९ असोज २४, ०९:१० खबर संवाददाता

धनगढी: नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा हालसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन्। सोमबार साँझ ट्विट गर्दै उनले यस्तो बताएका हुन्।

उनले ट्विटमार्फत भनेका छन्, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।’

यस्तै रावलले आफूलाई उम्मेदवार नबनाएपनि ठिक छ भनेर प्रचार गर्नु कुनियत भएको बताएका छन्। उनले यसबारे उचित समयमा बोल्ने जनाएका छन्। ‘मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु,’ उनले भनेका छन्। 

अछाम-१ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका रावल टिकट नपाएपछि गुपचुप बसिरहेका छन्। यसअघि रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा समेत बुझाएका थिए। जिल्लाबाट सर्वसम्मत सिफारिस भएका रावललाई केन्द्रले टिकट खोसेर अछाममा अर्का नेता झपट बोहरालाई टिकट दिएको छ।

कमेन्ट लोड गर्नुस