कमल थापालाई सूर्य चिह्न दिइएपछि भीम रावलले जनाए आपत्ति
काठमाडौं:राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सूर्य चिह्न दिएकोप्रति नेकपा एमालेका नेता भीम रावलले आपत्ति जनाएका छन्। मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सूर्य चुनाव चिह्नबाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन्।
उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनैतिक’ भनेका छन् । ‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने ?,’ उनले भनेका छन्, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’