सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउँछुः प्रधानमन्त्री देउवा

२०७९ असोज २५, ०३:५९ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले गैरनागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। गैरआवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरुलाई नेपालमै लगानी गर्ने वातावरण सरकारले मिलाउने आश्वासनसमेत दिए।

उनले भने, ‘तपाईंहरुले उठाउँदै आइराख्नुभएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैरनागरिकतासम्बन्धी ऐनमा संशोधन गराउँछु।’ संसारमा फैलिएर रहेका प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन प्रधानमन्त्री देउवाले आह्वान गरे। नेपालाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो।

कमेन्ट लोड गर्नुस