लिङ्देनविरुद्ध उम्मेदवारी दिएका एमालेका गिरी मोबाइल अफ गरेर भारततिर
विराटनगर: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका विरुद्धमा उम्मेदवारी दिएका एमाले नेता डम्बर बहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन्।
झापामा एमाले र राप्रपाबीच गठबन्धन छ। गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छोडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ मा राप्रपाले सघाउने सहमति भएको थियो।
तर, गिरीले उम्मेदवारी दर्ता गराएलगत्तै मोबाइल अफ गरेर बेपत्ता भएपछि उनको उम्मेदवारी फिर्ता भएन। राप्रपा झापाका अध्यक्ष केशव ओझाका अनुसार गिरी भारततिर लागेका छन् । ‘उनी मोबाइल अफ गरेर भारततिर लागेको भन्ने खबर आएको छ’ ओझाले भने।