सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा एमालेले बनायो निर्वाचन परिचालन समिति

२०७९ असोज २६, ०४:५८

धनगढीः प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का लागि मुल निर्वाचन परिचालन समिति गठन गरेको छ।

एमाले सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक हितेश ओझाले प्रस्ताव गरेको समितिको नाम, संयोजक, र सह–संयोजक तथा सचिवको नामलाई भेलाले अनुमोदन गरेको हो। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी एमालेले मुल निर्बाचन परिचालन समितिको संयोजकमा डिल्लीराज भट्टलाई जिम्मेवारी तोकेको छ।

समितिको सह–संयोजकमा टीका नाथ र सचिवमा प्रदेश सभा सदस्य कृष्णराज सुवेदीलाई जिम्मेवारी दिएको छ। निर्वाचनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ।

कमेन्ट लोड गर्नुस