सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टिकरण

२०७९ असोज २६, ०९:२६ खबर संवाददाता

धनगढीः निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टिकरण सोधेको छ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका प्रत्याशी प्रचण्डलाई आचारसंहित उल्लंघनको विषयमा स्पष्टिकरण सोधेको आयोगले जनाएको छ। आइतबार गोरखामा उम्मेदवारी मनोनयन गर्ने क्रममा पञ्जेबाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो। उनलाई सात दिनभित्र जवाफ दिन आयोगले भनेको छ। 

आयोगले प्रचण्डलाई कारवाही किन नगर्ने भन्दै प्रश्न गरेको छ। आयोगले प्रचण्डको उम्मेदवारी दर्ता गर्ने क्रममा भएका लाइभ भिडियोको आधार बनाएर यो स्पष्टिकरण सोधेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस