ओलीले हराउन नसकिने भएपछि रोकियो: भीम रावल
काठमाडाैँ: नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले सुनियाेजित रूपमा उम्मेदवार बन्न नदिएकाे आराेप लगाएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्ताे आराेप लगाएका हुन्।
'मलाई कसरी रोक्न सकिन्छ भनि षड्यन्त्र भएको कुरा नेताहरुबाट आए। ओलीले हराउन नसकिने भएपछि रोकियो,' रावलले भने। उनले आफ्नो क्षेत्रमा झपट बोहोरालाई उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएका छन्। उनले सिफारिस नभएको व्यक्ति नै उम्मेदवार बनाएको आरोप लगाएका छन्। 'सिफारिस नभएका व्यक्तिकै नाम अघि सारियो,' उनले भने।
आफूलाई टिकट नदिएकाे कुरा जनता र कार्यकर्तालाई मन नपरेकाे नेता रावललकाे भनाइ छ। ‘मलाई हराउन नसक्ने भएपछि टिकट नै दिइएन। जुन कुरा जनता र कार्यकर्तालाई मन परेको छैन’, उनले भने।
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई टिकट नदिएपछि नेता रावल पार्टीप्रति रुष्ट छन्।