सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेक्युरिटीले माधव नेपाललाई प्रधानमन्त्री देउवासँग बस्न नदिएपछि...

२०७९ असोज ३०, ०४:२४ खबर संवाददाता

धनगढीः सत्ता गठबन्धनले काठमाडौंमा प्रशिक्षण कार्यक्रम गरिरहेको छ। मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर गठबन्धनले उक्त कार्यक्रम गरिरहेको हो। 

यस्तै जारी कार्यक्रममा एउटा रोचक दुश्य देखिएको छ। कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी छन्।

कार्यक्रममा देउवा र प्रचण्ड पहिले नै पुगेका थिए। कार्यक्रम चलिरहेको बेलामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगे। देउवा कार्यक्रमका प्रमुख अतिथि थिए। पछि पुगेका नेपाललाई विशिष्ट अतिथि बनाइयो। नेपाल देउवा भएको सोफामा बस्न गए। तर, त्यहाँ उनलाई बस्न दिइएन।

माधवलाई देउवा छेउमा बस्न लाग्दा सेक्युरिटीले उनलाई प्रचण्ड भएको सोफामा बस्न आग्रह गरे। उनी उतै गएका थिए। प्रचण्ड बसेको सोफामा बस्न पुगेका नेपालाई फेरि देउवाले यतै आउनू भनेर बोलाए। प्रचण्डसँग बस्न पुगिसकेका अध्यक्ष नेपाल देउवाले बोलाएपछि फेरि हाँस्दै देउवा छेउमा गए बसेका थिए।


 

कमेन्ट लोड गर्नुस