सुदूरपश्चिममा उद्योगहरु खोलेर रोजगारीको व्यवस्था गर्ने योजना छः लेखराज भट्ट
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालनमा रहेका गौरवका योजना आफ्नै पहलमा सुरु भएको बताएका छन्। निर्वाचन क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा उनले सो बताएका हुन्।
उनले गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, विभिन्न औद्योगिक क्षेत्र निर्माण लगायतका योजना अगाडि बढाएको दाबी गरे। सुदूरपश्चिमका सबै नागरिक रोजगारीका लागि भारत जाने गरेको बताउँदै उनले यहाँ उद्योग स्थापना गरेर रोजगारीको व्यवस्था समेत गर्ने योजना रहेको बताए। उनी एमालेबाट कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार समेत छन्।