घरको गेट र सुरक्षाका लागि पुलिस राख्दैन, कमजोर मन्त्रालय लिन्नः वीरबहादुर बलायर
धनगढीः नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले प्रहरी सुरक्षा नलिने बताएका छन्। आइतबार क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो घरको घरको गेटमा पुलिस नराख्ने बताए। उनले भने, ‘मेलै जिन्दगीमा कहिल्यै पुलिस राख्ने र सुरक्षा लिने कामै गर्ने छैन। जसले कमजोरी र गलत गरेको छ, त्यसलाई डर हुन्छ। उसलाई त्यसैले सुरक्षा चाहिन्छ। तर, मैले त्यस्तो गरेको छैन। म सुरक्षा सेवा माग्दैन। जनता र कार्यकर्ताले मेरो सुरक्षा गर्ने छन्।’
यस्तै उनले अर्को सन्दर्भमा बोल्दै आफूले निर्वाचित भए कमजोर मन्त्रालय नलिने दाबी गरेका छन्। उनले भने, ‘अहिले पनि त म सायद लेखराज भट्टभन्दा दरिलो मन्त्रालयको मन्त्री भएको मान्छे छु। मैले कमजोर मन्त्रालय लिनु भन्दा म मन्त्री हुने छैन। मैले यहाँका जनतालाई मन्त्री भएर सेवा नगर्ने मन्त्रालयमा कुनै हालतले जाने छैन।’ म यो क्षेत्रको वृहत्तर हितको लागि लाग्ने छु।