मोटरसाइकलमा बसेर चुनावी प्रचारमा उद्योगपति चौधरी
काठमाडौंः उद्योगपति विनोद चौधरी नयाँ शैलीसहित चुनावी प्रचार प्रसारमा लागेका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरी मोटरसाईकलको पछाडी बसेर चुनावी प्रचारमा जुटेका छन्।
सामाजिक सञ्जालबाट चुनावी प्रचारको फोटो सार्वजनिक गरेका चौधरीको प्रचार शैलीबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। घरदैलो अभियानकै क्रममा रहेका चौधरीले आफू जनताको घर आँगनमा रहेको बताए। उनले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताएका छन्।
चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका थिए। नवलपरासीमा चौधरीका मुख्य प्रतिस्पर्धी हुन् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी छन्।