गठबन्धन स्वार्थका लागि होइनः बम
धनगढीः नेपाली काँग्रसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ को (२) का उम्मेदवार प्रकाश बमले बाम–लोकतान्त्रिक गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभएको बताएका छन्। उनले गोदावरी नगरपालिका ३ स्थित चौकीडाँडामा एक चुनावी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
यस्तै उनले संविधान च्यात्ने केपी ओलीको जालझेल रोक्न बाम–लोकतान्त्रिक गठबन्धन एक भएको बताए। ओली प्रवृत्तिलाई परास्त गर्दै देश र संविधानको रक्षार्थ अहिलेको आवश्यकता अनुसार नै पाँच दलीय गठबन्धन आएको उनको दाबी छ।