सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली जनावरको समस्या समाधान गर्छौः एनपी साउद

२०७९ कार्तिक २४, ०२:४४ खबर संवाददाता

महेन्द्रनगरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री एनपी साउदले जंगली जनावरको आतंक नियन्त्रण गर्न पहलकदमी लिने प्रतिवद्धता जनाएका छन्।

कञ्चनपुर क्षेत्र नं २ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार समेत रहेका साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपरका बस्तीमा जंगल जनावरले दुख दिने गरेकोले आफू निर्वाचित भएर गएपछि समस्या समाधानका लागि लाग्ने प्रतिवद्धता जनाएका हुन्।

‘आरक्ष वरपरका बासिन्दालाई जनावरको डर छ, बिजुली तारबारले आरक्षलाई बस्तीबाट फरक गर्नुपर्छ, त्यसले मात्रै बस्तीका मानिस सुरक्षित हुनसक्छन्,’ उनले भने, ‘यो काम गर्ने बचनवद्धता व्यक्त गर्दछु।’ 


 

कमेन्ट लोड गर्नुस