सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट रारा जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

२०८३ कार्तिक ३०, ०६:५१ खबर संवाददाता

काठमाडौंः मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा सवार पाँच जनामध्ये काठमाडौँको कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो। सो दुर्घटनामा परी चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए।

कमेन्ट लोड गर्नुस