सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीपी बुबाको बाटोमा राजेन्द्र लिङ्देन हिँड्नुभयो, अरुले बिर्सेः मनिषा कोइराला

२०७९ कार्तिक २५, ०४:३४ खबर संवाददाता

पोखराः नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिउड अभिनेत्री मनिषा कोइरालाले बीपीको बाटोमा राप्रपा रहेकाले उक्त पार्टीलाई जिताउन आह्वान गरेकी छन्।

शुक्रबार पोखरामा आयोजित राप्रपाको जनसभालाई सम्बोधन गर्दै मनिषाले तत्कालीन राजा महेन्द्र र बीपी कोइरालाबीच अत्यन्त राम्रो सम्बन्ध हुँदाहुँदै पनि मुलुकले ठूलो अवसर गुमाएकाले बीपीलाई सम्झेर राप्रपालाई भोट दिन आग्रह गरिन्। उनले जनतालाई ढाँटेर आश्वासन दिने नेताहरुलाई जनताले चोर आयो भनेर राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिले आफू प्रभावित भएको समेत बताएकी छन्।

मनिषाले भनिन्-कांग्रेसले सबैले बीपीलाई बिर्सेलान् तर उहाँ राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन। राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपी बाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै उहाँले अहिले उठाउनुभएको छ। त्यसकारण म उहाँसँग उभिएकी छु। उहाँका सबै कुरा मन परेको छ। भ्रष्टाचार गरेमा आमाको रगत खाए सरह हो भन्ने कुरा र नेताहरु चोर भन्ने कुरा मन परेको छ।

मुम्बइमा फिल्म सुटिङ स्थगित गरेर नेपाल आएकी मनिषाले विपी र महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दूराज्य फर्काएर पूरा गर्ने समय आएको दाबीसमेत गरिन्। उनले राप्रपालाई जिताउँन र मौकालाई व्यर्थ खेर जान नदिन आह्वानसमेत गरेकी छन्।

विपी कोइरालाका तीन छोरामध्ये जेठा प्रकाशकी छोरी हुन् मनिषा। बीपीका अर्का छोरा सशांक कांग्रेसबाट उम्मेदवार छन्। तर मनिषा भने राप्रपाको चुनावी अभियानमा लागेकी छन्।

कमेन्ट लोड गर्नुस