वीरबहादुर बलायरका कारण फास्ट ट्रयाकको काम रोकियोः लेखराज भट्ट
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले खुटीया दीपायल mपास्ट ट्रयाकको काम बजेट काटेर वीरवहादुर बलायरले रोकेको आरोप लगाएका छन्। गोदावरी नगरपालिका वडा नम्वर ४ मा आयोति एक सभालाई सम्बोभन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
काँग्रेस नेता रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा आफ्नो पहलमा फास्ट ट्रयाक निर्माणका लागि बजेट छुट्याएको बताउँदै उनले पछि बलायर मन्त्री भएर बजेट काटेको बताए।
बलायर लेखराजका प्रतिस्पर्धी पनि हुन्। कैलाली क्षेत्र नम्बर ४ मा उनीहरुश्र प्रतिनिधि सभाका लागि लड्दै छन्। केही दिन अघि मात्रै बलायरले पनि लेखराजकै कारण फास्ट ट्रयाकको काममा अवरोध भएको बताएका थिए।