सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा भ्रष्टाचारीमाथि डोजर चलाउन चाहन्छः लिङ्देन

२०७९ कार्तिक २५, ०७:१५ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताएका छन्। काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देशमा सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई कुनै पनि ढंगले उन्मुक्ति नमिल्ने व्यवस्था बनाउनुपर्ने बताए।

‘भ्रष्टाचार गर्ने मन्त्री, प्रधानमन्त्री सबैलाई कानुनको दायराभित्र ल्याएर कारबाही गर्न सक्ने व्यवस्था बनाउनुपर्छ। हामीले मौका पायौँ भने नागरिक आयोग गठन गरेर ०४५ साल पछिका सबै नेताको सम्पत्ति छानबिन गर्छौं। अहिले सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाएको छ,’ लिङ्देनले भने, ‘बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा छ।’

उनले आफूले पाँच वर्षसम्म संसद्‌‌मा एक्लै प्रतिपक्षीको रुपमा भूमिका निर्वाह गरेको बताए। 

कमेन्ट लोड गर्नुस