सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै, ३ सभालाई सम्बोधन गर्ने

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक २६, ०७:१६ खबर संवाददाता

धनगढीः राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साताअघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै छन्।

अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। उनकाअनुसार आज डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन्।

बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेन २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्की चुहाँको लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ। यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन्।

यसअघि १८ गते ओलीले दार्चुला,बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए। भारतले कब्जा गरेको लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस