सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन 

२०७९ माघ २, ०८:१६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुने भएको छ। प्रदेश सभाको सभामुख छान्न सोमबार बिहान ९ बजे निर्वाचन तोकिएको छ। लगातार दुई पटकको निर्वाचनले सभामुख छनोट गर्न नसकेपछि तेस्रो पटक सोमबार निर्वाचन हुँदै छ।

बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो। सुदूरपश्चिम सभामुखमा सत्ता साझेदार दलबाट नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी उम्मेदवार छन्। प्रतिपक्ष दलबाट नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार रहेका छन्।

सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य छन्। सभामुख निर्वाचित हुन २७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ। 
 

कमेन्ट लोड गर्नुस