सुदूर नेपाललाई विश्वसँग जोड्दै

 माओवादीको पदाधिकारी बैठक आज बस्दै

२०७९ माघ ३, ०५:५६ खबर संवाददाता

काठमाडौं: सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मंगलबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाएको छ। बैठकले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाउने भएको छ।

सत्ता साझेदार दलको सोमबार बसेको बैठकबाट माओवादीले सञ्चार, पर्यटन र सामान्य प्रशासन मन्त्रालय पाएको छ। यसअघि माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक मन्त्री भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस