सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्धव पौडेल राप्रपाको उपाध्यक्ष मनोनित

२०७९ फाल्गुन ४, ०५:३८ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता उद्धव पौडेललाई उपाध्यक्षमा मनोनित गरेको छ।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका  हुन्। राप्रपामा अब उपाध्यक्षको संख्या ८ पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष थिए।

गत वर्ष कमल थापाले पार्टी विभाजन गर्दा उनलाई साथ दिएर राप्रपा नेपालमा गएका पौडेल पछि फेरि राप्रपामै फर्किएका थिए।
 

कमेन्ट लोड गर्नुस