टुलुटुलु हेरेर बस्ने छैन ठेक्का सम्झौता गरेका कम्पनिले छिटो काम गर्नुपर्छः मन्त्री श्रेष्ठ
डोटीः नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति चयन गर्दा नेपालको राजनीति र राष्ट्रिय एकताको मध्यनजर राखि राष्ट्रि सहमतिमा राष्ट्रपति चयन हुने बताएका छन्।
डोटी जिल्लाको दिपायलमा बिहीबारदेखि सुरु भएको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटनमा आएका उपप्रधानमन्त्री श्रेष्ठले ऐतिहासिक समर्थनका साथ यो सरकारलाई संसदमा विश्वासको मत प्राप्त भएको कुरालाई समेत सम्बोधन हुनेगरी राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्न माओवादी लागिरहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठलाई धनगढी, खुटिया, दिपायल हुँदै बझाङको ताक्लाकोट जोड्ने द्रूतमार्ग, करिब नौ वर्षदेखि सेती नदीमा अलपत्र अवस्थामा रहेको मोटरेवल पुल, सहजपुर, बिपीनगर, बोगटान हुँदै दिपायल जोड्ने सडक, सेती लोकमार्ग तथा पर्यटकीय स्थल खप्तड जाने सडक लगायतका विकास निर्माणका विषयमा छिटो पहल गरिदिन भन्दै डोटीका राजनीतिक दलको तर्फबाट संयुक्तरूपमा ज्ञापन पत्र बुझाइएको थियो।
ज्ञापनपत्र बुझ्दै धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ जोड्ने सडक पहिलो प्राथमिकतामा रहने बताए। बिहीबार डोटी प्रादेशिक महोत्सव २०७९ को उद्घाटन गर्दै उनले सुदूरपश्चिम प्रदेशको रणनीतिक उत्तर दक्षिण जोड्ने सडक निर्माणका लागि पहल गर्ने बताएका हुन।‘यहाँका राजनीतिक दल र जन्ताको एउटै चाहानामा यही मार्ग पाएको छु, उनले भने, त्यसैले यस क्षेत्रको विकासका लागि मैले पहिलो प्राथमिकता धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडकलाई लिने छु।’
उनले डोटीको समग्र विकासमा टेवा पुग्ने धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना पुरा गर्न उच्च पहलकदमी चाल्ने प्रतिबद्धता समेत जनाएका छन्। साथै मन्त्री श्रेष्ठले सहजपुर बोगटान दिपायल सडकको काम पनि अगाडी बढाइने बताए। उनले भने, एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण भइरहेको यो सडकको बाँकी काम तीव्र रूपमा गर्न पहल गरिने छ।
‘यहाँ आउनु भन्दा अगाडी भारतीय सम्बन्धित अधिकारीसँग सडकको बारेमा छलफल भएको थियो, मन्त्री श्रेठले भने, हाम्रो मन्त्रालय र विभागका साथीहरूसँग पनि यो सडको बारेमा कुरा भएको थियो, सम्बन्धित सबै पक्षसँग समन्वय गरेर यसको निर्माणमा तीव्रता दिइने छ ।’ मन्त्री श्रेष्ठले डोटीको शिखर नगरपालिका वडा नम्बर १० र ११ जोड्ने बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन मोटरेवल पुलको काम बारे पनि चासो राखेका छन्।
‘९ वर्ष देखि निर्माण प्रक्रिया सुरु गरी अहिले केही पिलर मात्र ठड्याएर अलपत्र अवस्थामा छ, उनले भने, आजै मैले सम्बद्ध अधिकारीसँग जानकारी दिन भनेको छु, यसबारेमा थप बुझ्ने छु।’ विकास निर्माणका आयोजनाहरू टेण्डर भएर पनि समयमा काम सम्पन्न हुन नसकेकाहरूलाई हामीले पहिलोप्राथमिकतामा राखेका छौं।
सकेसम्म बाँकी काम गराउने हाम्रो उद्देश्य हो। तर काम सम्पन्न गर्ने स्थित छैन भने हामी टुलुटुलु हेरेर बस्ने छैनौं। टेण्डर गरेर वर्षौंसम्म राज्य र जनतालाई नोक्सानी पु¥याउने काममा हामी छुट दिन सक्दैनौं,’ उनले भने।