सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीको नजरमा माधव नेपाल र सुवास नेम्वाङ ,को बन्लान राष्ट्रपति ?

२०७९ फाल्गुन १०, ०४:३७ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन्।

बुधबार बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका हुन्। एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै उनले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनेको ओली निकट स्रोतले बताएको छ।

प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग छल्लाह गर्ने जवाफ दिएका छन्।
 

कमेन्ट लोड गर्नुस