सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र प्रधानमन्त्री बिच भेटवार्ता

२०७९ फाल्गुन १४, ०७:२५ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) बिच भेटवार्ता भएको छ।

उनीहरु बिचमा आइतवार भेटवार्ता भएको हो। मुख्यमन्त्री शाहको निजी सचिवालयका अनुसार देशको राजनीति घटनाक्रम, मुख्यमन्त्रीले लिने विश्वासको मत र सुदूरपश्चिमको विकास निर्माणमा छलफल भएको हो।  

माओवादी केन्द्र, नेपाली काँग्रेससहितका दलहरुको नयाँ समिकरण भएपछि पहिलो पटक मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहलसँग भेट गरेका हुन्। 

नयाँ राजनीतिक समिकरण अनुसार सुदूरपश्चिममा नेपाली काँग्रेस नेतृत्वको सरकारले पूर्णता पाउने बाटो खुलेको छ। केन्द्रमा काँग्रेस, माओवादी र नागरिक उन्मुक्तिसहितका दलहरु बिचमा नयाँ समिकरण भएसँगै काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार सुरक्षित भएको छ। 

कमेन्ट लोड गर्नुस