सुवासचन्द्र नेम्वाङले मागे सीके राउतसँग भोट
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भोट मागेका छन्।
शुक्रबार जनमतको पार्टी कार्यालयमा पुगेका एमाले नेताहरूले भोट मागेका हुन्। एमाले नेता पृथ्बीसुब्बा गुरुङले आफूहरूले पार्टी अध्यक्ष सीके राउतसँग मत मागेको स्पष्ट पारे। उनले अध्यक्ष राउतले सुवासचन्द्र नेम्वाङले राजनीतिमा गरेको योगदानको तारिफ गरेको बताए।
अध्यक्ष राउतले भने एमाले नेताहरूलाई छलफलपछि मात्रै जवाफ दिने बताएका थिए। ’उहाँहरू भोट माग्न आउनुभएको थियो। हामीले पार्टीभित्र छलफल गरेरमात्रै जवाफ दिने भनेका छौं,’ उनले भने। तर जनमत भने आठ दलीय गठबन्धनमा आबद्ध छ।