सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका प्रकाश विश्वकर्माले जिते लोक गायनको उपाधि

२०७९ चैत्र ५, १०:४८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम एकल लोक गायनको उपाधि कैलालीका प्रकाश विश्वकर्माले जितेका छन्। शनिवार धनगढीमा भएको प्रादेशिक एकल लोक गायनको उपाधि उनले जितेका हुन्। प्रथम भएका प्रकाशले नगद २५ हजार, प्रमाण पत्र र ट्रफी पाएका छन्। 

कञ्चनपुरका कुलेन्द्र परियार दोस्रो भएका छन्। उनले नगद २० हजार पाएका छन्। डडेल्धुराका अर्जुन चटौत तेस्रो भएका छन्। उनले १५ हजार नगर पुरस्कार पाएका छन्। अछामका प्रदिपकुमार विकले १० तथा बैतडीका भरत बोहराले तीन हजार रुपैया पाएका छन्। विकलाई सन्तवना पुरस्कार दिइएको हो भने बोहरालाई विशेष प्रस्तुतीका लागि पुरस्कार दिइएको हो। 

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान, सुदुरपश्चिम र सामाजिक विकास मन्त्रालयकोे समन्वय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा धनगढीमा शनिवार प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता भएको हो। ‘नव प्रतिभाको पहिचान, लोक संस्कृती संरक्षणकालागी हाम्रो अभियान’ भन्ने नारासहित प्रदेशभरीकै लोककला संरक्षण र पर्यटन प्रबद्र्धन गर्न प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गरिएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस