सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा र नेपालसँग प्रधानमन्त्रीको परामर्श

२०७९ चैत्र १३, ११:५२ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका छन्। सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा परामर्श गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। सभापति देउवा र अध्यक्ष नेपालसँगको छलफलमा, बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस