सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं: सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो।
सोही बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ। दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए। तर, मन्त्रिपरिषद् विस्तार हसन सकेको छैन। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, न्यूनतम साझा कार्यक्रमका लागि समय लाग्ने भएकाले पहिले मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।