कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने छ।
बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ। कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ ममा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उपनिर्वाचनको तयारीका लागि केही नेताहरुले बैठकले जिम्मेवारी दिने छ।
बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बुझिएको छ। सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन। बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने छ।