सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिमका तिलकसिंह पेला बने ’शिलापत्र वर्षकलाकार’

२०७९ चैत्र २६, ०४:४७ खबर संवाददाता

धनगढीः सुदुरपश्चिमका तिलकसिंह पेला ’शिलापत्र वर्षकलाकार’ बनेका छन्।

गायक तथा संगीतकार तिलकसिंह पेला ‘शिलापत्र वर्षकलाकार २०७९’ चयन भएका छन्। विधा विज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा शास्त्रीय संगीतका साधक ४४ वर्षे पेलालाई ‘वर्षकलाकार’ चुनिएको हो। पेलाले वर्ष २०७९ मा गाएको ‘के लत बस्यो’ बोलको गजल सबै उमेर समूहमा लोकप्रिय बनेको छ।

मनोनयनमा परेका ९ कलाकारमध्ये पेलालाई वर्षकलाकार २०७९ बनाउन उनको पक्षमा कुल २९ दशमलव ७ प्रतिशतले मत हालेका छन्। सर्भेक्षणमा सातै प्रदेशका ७ हजार सर्वसाधरण सहभागी भएका थिए। यसैगरी वर्षकलाकार विधाअन्तर्गत ’समाचार निर्माता २०७९’ मा अभिनेता प्रदीप खड्का, गायिका एलिना चौहान, कमेडियन अपूर्व क्षितिज र अभिनेत्री मिरुना मगर  चुनिएका छन्।

मनोनयन र छनोट प्रक्रियाको विस्तृत विवरण केही दिनमा सार्वजनिक गरिने भएको छ। 

कमेन्ट लोड गर्नुस